काठमाडौं – आइतबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्य आज तोलाको एकलाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार तीन सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






About Us
प्रतिक्रिया