जनकपुरमा गोली चलाएर प्रहरीले गर्‍यो २ जना लागु औषध कारोबारीलाई पक्राउ 


काठमाडौं – धनुषाको जनकपुरमा प्रहरीले गोली चलाएर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई धनुषाको मिथिला नगरपालिका– ६ पक्राउ गरिएको प्रहरीले बताएको छ। 

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ का ४८ वर्षीय पप्पु कुमार साह र बाराको परमाणीपुर गाउँपालिका– ३ सेलोदेवी राम रहेका छन्। उनीहरूको साथबाट प्रहरीले  खैरो हेरोइन २०० ग्राम बरामद गरेको छ।

पक्राउ परेकामध्य रामको साथबाट प्रहरीले खैरो हेरोइन १०० ग्राम बरामद गरेको हो। त्यस्तै, पक्राउ परेका साहलाई २०६१ सालमा लागु औषध खैरो हेरोइन १० ग्राममा यस ब्युरोबाट मुद्दा दर्ता भई ५ वर्ष कैद भुक्तान गरी छुटेको समेत खुल्न आएको छ।

साथै, उनीविरुद्ध  २०६९ सालमा प्रहरी वृत्त थानकोटबाट लागु औषध एम्पुल मुद्दा दर्ता भई २ वर्ष कैद र १ लाख जरिवाना तिरी छुटेको खुल्न आएको छ। प्रहरीले चलाएको एउटा गोली साहको खुट्टामा  लागेको प्रहरीले जनाएको छ।