विश्वम्भर न्यौपाने
डिजिटलाइजेसनमा हामीले जसरी अगाडी बढ्ने भन्ने परिकल्पना गरेका थियौँ, त्यस स्तरमा कामहरू नभएपनि धेरै कामहरु भइरहेको छ । डिजिटल प्रणालीमा बैंकिङ्ग क्षेत्रको भूमिकाको कुरा गर्दा हामीले दिने भनेको सेवा हो । सेवा दिनको लागि आईसीटी पूर्वाधार चाहिन्छ । त्यसको लागत आफैमा धेरै हुन्छ । त्यसैले पूर्वाधार आफैले बनाएर सेवा दिन हामी साँचिकै असक्षम छौँ । त्यसका लागि सरकारले नै पुर्वाधार बनाइदिनुर्छ । नियामक निकायले त्यसलाई पालन गरिदिनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो स्तरको डिजिटलाईजेसनका कामहरु गरिरहेका छन । कोभिड–१९ पश्चात डिजिटल कारोबार भएकै थिएन भन्दा पनि हुन्छ तर त्यसपछिका दिनहरुमा यसको कारोबार बैंक तथा वित्तीय संस्थाहरुमा बढेर गएको छ ।
पछिल्लो तथ्याङक नै हर्ने हो भने २ करोड ३१ लाख ग्राहकहरु ओम्नी च्यानलमा दर्ता भइसकेका छन । १ करोड ७५ लाख ग्राहकहरुले वालेट प्रयोग गरिरहेका छन । ६० प्रतिशत वर्षेनी कारोबार संख्यामा वृद्धि भइरहेको छ । बर्षेनी क्यूआर कोडमार्फत मात्रै गरिने कारोबार १८१ प्रतिशतले वृद्धि भइरहेको छ । डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड लगायतका डिजिटल सेवाहरुमा वृद्धि हुँदै गइरहेको छ । हामीले पनि डिजिटल कारोबारलाई प्रवर्धन गर्नलाई हरेक बैंक तथा वित्तीय संस्थाहरुले पनि हरेक खाता खोल्दा डिजिटल रूपान्तरण गर्ने डिजिटल उपकरणहरु, डिजिटल सेवाहरु दिइरहेका छन । तर समस्या वित्तीय समावेशीकरण र वित्तीय साक्षरतामा ।
अहिले डिजिटल फ्रड बढिरहेको छ । त्यसको मुख्य कारण भनेको ह्याकरहरु धेरै स्मार्ट भएर भन्दापनि वित्तीय साक्षरता नपुगेर जोखिम भइरहेको छ । समग्रमा बैंक तथा वित्तीय संस्थाहरुले जुन किसिमको सेवा सुविधा उपलब्ध गराउनुपर्ने हो त्यो उपलब्ध संरचना बसेर धेरै काम भएको छ । डिजिटल जोखिम व्यवस्थापनको कुरा गर्ने हो भने एउटा कुनै बैंकले बनाएको प्लेटफर्म अथवा कुनै सिस्टमको पूर्वाधार र सुरक्षामा लगानी गरेकै हुन्छ । कुनै एउटा सिस्टम उत्पादन गरेपछि त्यसमा राख्नुपर्ने सुरक्षाका फिचरहरु अथवा त्यसको प्रभावकारिता र बैंकको गुडवील लागायतले गम्भिर भुमिका खेल्छन । बैंकको कार्ड चलेन भन्दा बैंकको छविको कुरा अवश्य आउँछ ।
कुनै एउटा कार्ड चलेन भने त्यसको स्टेकहोल्डर, त्यो कार्ड चलाउने संस्था मात्र हुँदैन टेलिकम लगायतका संस्थाहरु धेरै ठाउँमा जोडिएको हुन्छ । डिजिटल इकोसिस्टममा एक पक्ष मात्रै भन्दा पनि धेरै पक्षको भूमिका हुन्छ । त्यसको लागि आईसिटी पूर्वाधारको अत्यन्तै महत्व हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा पनि चुनौती देखापर्ने हो भन्दा प्रविधि यति द्रुत रूपमा परिवर्तन हुँदैछ कि त्यसले भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुमा पनि नयाँ चुनौती देखा परेको छ । त्यसलाई सामना गर्न हामीले आफ्नै योग्यता बढाउन जरुरी छ । त्यो नयाँ चुनौतीको लागि बैंक वित्तिय संस्थाले आफ्नो तहको गर्नुपर्ने खर्च, तालिम, आइटी विकासका कार्यक्रम सबै बढाउन जरूरी छ ।
सरकारसँगको अपेक्षा भनेको नियामक निकायले ठिकसँग नियामक गरिदिने, डिजिटल प्रविधिलाई आवश्यक पर्ने प्लेटफर्महरु सहजीकरण गरिदिने कामहरु गरिरहेको हामीले पाएका छौँ । अन्य विकसित राष्ट्रहरुको तथ्याङक हर्ने हो भने सुशासन बलियो भएपछि सुधार भएको जस्तो देखिन्छ । त्यसले सुशासनलाई जती राम्रो बनायो, स्थानान्तरण, जानकारी आदान–प्रदान, प्रभावकारी रूपमा सुधार भएर जान्छ । जनताले पाउनुपर्ने सुविधा, सूचना, पारदर्शिता जस्ता कुराहरू एकदम व्यापक भएर जाँदा डिजिटल प्यालटफर्म पनि बलियो भएर जानेछ ।
बैंकिङ्ग समाचारद्वारा आयोजित द नेशनल बैंकिङ्ग डिस्कोर्स–२०२३ कार्यक्रममा (वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिती र चुनौती) शिर्षकमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, विश्वम्भर न्यौपानेले प्रस्तुत गरेको अभिव्यक्तीको सम्पादित अंश ।
प्रतिक्रिया