काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट देखिएको छ । सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँ घटेको हो। मूल्य घटेसँगै सुनको मूल्य आज तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य एक लाख ९८ हजार १ सय रुपैयाँ थियो । यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आइतबार, सोमबार र आज निरन्तर रुपमा घटेको सुनको मूल्यमा ३ दिनमा २६ सय रुपैयाँको गिरावट देखिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर दुई हजार तीन सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।





About Us
प्रतिक्रिया