काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो।
योसँगै आज प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो।
यो दिन प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया