काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराइमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षको खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा र सरकारको तत्काल तथा दीर्घकालीन समाधानका लागि गरिएका कदमबारे जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु गरिएको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइँदैछ। यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आउनु दुखद भएकाे प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘
यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो, जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो, किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो, तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ’, उनले लेखेका छन् ।



About Us
प्रतिक्रिया