वाणिज्य विभागद्वारा २ कम्पनीलाई १० हजार जरिवाना, १४ कम्पनीलाई विभागमा उपस्थित हुन निर्देशन


काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ कम्पनीलाई जरिवाना र १४ कम्पनीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले साउन २२ गते अर्थात् हिजो १६ उद्योग तथा फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमाबली २०७६ बोमोजिम १६ कम्पनीलाई निर्देशन तथा कारबाही गरेको हो ।

विभागले २ कम्पनीहरुलाई कारबाही स्वरुप जरिवाना तोकिसकेको छ भने ६ कम्पनीलाई ३ दिन भित्रमा विभागमा उपस्थित हुन निर्देशन दिएकोमा ८ कम्पनीलाई सामान्य निर्देशन दिएको छ ।

कारबाही पर्ने कम्पनीहरुमामा कार संसार र ग्रान्ड कार डेकोर प्रालि रहेको छ । यी दुई कम्पनीलाई विभागले १०/१० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो । यस्तै, सेलवेज क्यास एण्ड क्यारी प्रालि, स्वष्तिक आयल इण्ष्ट्रिज प्रा.लि, श्री कार किङ्ग र भाया नेट कम्यूनिकेशन लिमिटेडलाई व्यवसायसँग सम्बन्धित कागजातहरु लिई ३ दिन भित्रमा विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, मनु किराना ट्रेडर्स, लाई संरक्षण ऐन, २०७५ को पूर्ण पालना गरी व्यवसाय संचालन गर्ने निर्देशन दिएको छ ।

बाँकी ८ कम्पनीहरु श्री गजानन्द ट्रेडर्स, निओ कार एसेसोजि, जय भिमसेन टनयर एण्ड ब्याट्री हाउस प्रालि, नेपाल ग्रेनाइट एण्ड टाइल्स हाउस प्रालि, अग्रिम सर्भिसेज प्रालि, एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिस प्रालि, अल टेक टुल्स प्रालि, मध्यपुर थिमी र त्रिवेणी व्यापार कम्पनी प्रालिलाई सामान्य निर्देशन दिएको छ ।