एआईबिएल सहभागिता फण्डले ईकाइधनीहरुलाई गर्याे नगद लाभांश घोषणा


काठमाडौं – एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले आर्थिक वर्ष २०८१/८२ लागि योजना ईकाइधनीलाई लाभांश घोषणा गरेको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै, लाभांश वितरण प्रयोजनार्थका लागि फण्डले साउन ५ गते नै बुक क्लोज गरेको थियो । जसमा साउन ५ गतेसम्म कायम इकाईधनीहरुलेसो लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

एनआईबिएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब रुपैयाँ नाघेकोकाले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् बैंकको खातामा पठाईने वा लाभांश पुनः लगानी गरेको हकमा समायोजित मूल्यमा उक्त रकमले हुन आउने थप ईकाइहरु खरिद गर्ने जनकारी दिएको छ ।