मंगलबार ऐतिहासिक बिन्दुमा पुगेर बुधबार १ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

मंगलबार हालसम्मै उच्च बिन्दुमा पुगेर प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, आज २० रुपैयाँले बढेर प्रतितोला चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।