निलम्बित प्राधिकरण अध्यक्ष ओझाको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध निलम्बन फुकुवासहित छानबिन समिति खारेजीको माग गर्दै साउन ८ गते रिट दायर गरेका थिए ।

उक्त रिटमा भएको सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्ती हुँदा फर्जी कागजात बुझाएको भन्दै सरकारले अध्यक्ष पदबाट निलम्बन गर्दै उनीमाथि अनुसन्धान गर्न कमिटी गठन गरेको थियो।