अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै तेह्रथुम पावर


काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

उक्त ,शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगन्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।