काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो।
यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसअन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ।
१ व्यक्तिले १ वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ ।



About Us
प्रतिक्रिया