प्रतितोला ३४ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी रकमकाे वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।