हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ घट्यो


काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला एक १ हजार ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

गएका चारदिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य हिजो बढेर एक लाख ९४ हजार चारसय रुपैयाँ निर्धारण भएको थियो।यसअघि गत आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर दुई हजार दुईसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।