सुनको मूल्य स्थिर, प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुन साेही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।