जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


काठमाडौं – बुढानिलकण्ठ नगरपालिका– १ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ७ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रुपैयाँ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका सञ्चालक पोखरा महानगरपालिका– २४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रुपैयाँ, ५ हजार ५ सय भारतीय रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।