काठमाडौं – डिम्याट खाता खोल्नेहरुको संख्या बढेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको तथ्यांङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ असार २० गतेसम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ६८ लाख ६५ हजार पुगेको छ । आर्थिक वर्ष २०७९/८० अन्त्यसम्ममा ५८ लाख २ हजार पुगेको डिम्याट खाता आव २०८०/८१ को अन्त्यसम्ममा ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को असार २० सम्ममा मेरो शेयर खाता खोल्नेको संख्या ५९ लाख ३३ हजार ७ सय पुगेको छ । जुन गत आर्थिक वर्ष २०८०/८१ को असार २० सम्ममा ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्त सम्ममा ‘अनलाईन युजरनेम’ लिने लगानीकर्ताको संख्या २६ लाख ३३ हजार ५ सय १० पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा लगानीकर्ताको संख्या २२ लाख १६ हजार २ सय ४७ पुगेको थियो ।



About Us
प्रतिक्रिया