प्राधिकरणको सञ्चालक पदबाट राधा पोख्रेलले दिइन राजीनामा



काठमाडौं – नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । पोख्रेलले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । सरकारले नियुक्त गरेको पाँच महिना पछि उनले राजीनामा दिएकी हुन् । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रुपमा नियुक्त गरेका थिए।