काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीका ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जसअनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९ सय ६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको थियो । जसअनुसार जेठ ३० गतेभन्दा अघिल्लो कारोबार सम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया