विराटनगर – ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाको सिमानामा रहेको २८ दशमलव १० मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । एक हजार ७७२ मिटर लामो उक्त सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको प्रवर्द्धक कम्पनी पिस इनर्जीले जनाएको छ ।

आयोजनाको इन्टेक सिरिजङ्घा–४ तेल्लोकमा रहेको छ । पावरहाउस भने सिरिजङ्घा–१ को सिनाममा रहेको जनाइएको छ ।आयोजनाको लागत ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ रहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुंगानाले बताए ।
क्यु ४० मा निर्माण गरिएको यो आयोजनाको निर्माण सन् २०२३ मा पीपीए सम्पन्न भएर निर्माण सुरु गरिएको थियो । सन् २०२७ मा आयोजनाले व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित निर्माण जारी रहेको जनाइएको छ ।



About Us
प्रतिक्रिया