काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ । सो बराबरको हकप्रद शेयर निष्कासनका लागि हिजो (साउन ४) गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।



About Us
प्रतिक्रिया