सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।