काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्याइ ठगी गर्ने एक जना पक्राउ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नेत्रावती– ५ घर भई भक्तपुरको मध्यपुर थिमी –९ का २९ वर्षीय सुदिप सापकोटा रहेका छन् । उनले १ जनालाई ग्रीस पठाइदिन्छु भन्दै २लाख ४०हजार रुपैयाँ ठगी गरेका थिए ।
उनलाई काठमाडौं महानगरपालिका १५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया