नेशनल लाईफले आर्थिक वर्षमा ६ अर्ब रूपैयाँ बीमाशुल्क संकलन गर्न सफल



काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले प्रथम बीमाशुल्क संकलन वृद्धि गर्न सफल भएको हो । कम्पनीले आ.व २०८०।८१ मा ५ अर्ब ५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको थियो ।