काठमाडौं – आज पनि सुनकाे मूल्य बढेको छ । हिजो प्रतितोला तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज दुई सय रुपैयाँ बढेको हो। गत बुधबार एक हजार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज दुई दिनमा गरेर पाँच सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ९२ हजार दुईसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको महासंघले जनाएको छ।





About Us
प्रतिक्रिया