काठमाडौं – राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
हकप्रद शेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी राधी विद्युत् र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको हो । कम्पनीको २०८१ पौष २७ गते बसेको वार्षिक साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ६९.८९ प्रतिशत अर्थात्, १ः०.६९८९ को अनुपातमा हकप्रद शेयर ल्याउनेछ ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा निष्कासन गर्नेछ ।






About Us
प्रतिक्रिया