२ करोड १९ लाख बराबरको राजस्व छली गरी अवैध रूपमा विद्युतीय उपकरण बिक्री गर्ने चिनिया नागरिक प्रहरीको फन्दामा


काठमाडौं – राजस्व छली गरी अवैध रूपमा विद्युतीय उपकरणहरू बिक्री वितरण गर्ने एक जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनको स्स्यान्डोङ घर भई काठमाडौं काठमाडौं महानगरपलिका– ३२, पुरानो सिनामंगल बस्ने यु वाङ रहेका छन्  ।

वाङले पुरानो सिनामंगल एरियामा अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एच डी क्यामेरा लगायतका सामानहरूको कच्चा पदार्थ ल्याई उत्पादन तथा प्रशोधन गरी बिना बिल बिजक राजस्व छली गरी भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वाङलाई पक्राउ गरेको हो । 

वाङले पुरानो सिनामंगल पन्चमुखी चोक स्थित पाँच तल्ले पक्की घरमा कोठा भाडामा लिई कुनै पनि संस्था तथा कार्यालयबाट इजाजत नलिई बिना बिल बिजक राजस्व छली गरेको  प्रहरीले बताएको छ । उनले २ करोड १९ लाख ७६ हजार बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एच डी क्यामेरा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको खुल्न आएको छ । वाङलाई पक्राउ गरी उसका साथमा भएका सामान बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय, हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 
 
वाङको साथबाट प्रहरीले तयारी हुन बाँकी रहेको विभिन्न मोडेलको ल्यापटको ब्याट्री ११ हजार ९ सय ५ थान जसको अन्दाजी रकम १ करोड १९हजार, विभिन्न कम्पनीको ल्यापटपको तयारी अवस्थामा रहेको ब्याट्री ३हजार १सय ४९ थान जसको अन्दाजी रकम ४७ लाख २३हजार, एचपी, डेल, एसर, आसुस, लेनोभो र लिलियन लगायतका ब्याट्रीका पाट पुर्जाहरू ३ हजार९२ थान जसको अन्दाजी रकम १५ लाख ४६ हजार, ब्याट्रीको कभरहरू २ सय थान जसको अन्दाजी रकम ४० हजार,  विभिन्न किसिमका साना ब्याट्री १ हजार५ सय थान जसको अन्दाजी रकम १ लाख ५० हजार, विभिन्न ब्राण्डका सि।सि।टि।भि क्यामेरा तथा उपकरणहरू १४ सय ७९ थान जुको अन्दाजी रकम ३० लाख ८५ हजार, बिधुतिय उपकरणहरू मर्मत गर्न प्रयोग हुने स्क्रुड्राईभर सेटहरु ७ थान जसको अन्दाजी रकम २ लाख १०,हजार, विभिन्न साईजको चाईनिज फाइबरको ब्लाङकेटहरु २०१ थान जसका अन्दाजी रकम २ लाख ८८ हजार, ब्याट्रीमा प्रयोग हुने कभर सामाग्रीहरू ४६५ थान, वाइफाइको राउटरको एन्टेनाहरु ६५० थान र स्मार्ट वाच २ थान बरामद गरिएको छ । जसको अन्दाजी रकम २ करोड १९लाख ७६ हजार रहेको प्रहरीले जनाएको छ ।