मोदी इनर्जीको विशेष साधारण सभा सम्पन्न


काठमाडौं – मोदी इनर्जी कम्पनी लिमिटेडको विशेष साधारण सभा असार १९ गते सम्पन्न भएको छ । कम्पनीको उक्त सभा रानी महल, व्याङक्वेट, ज्ञानेश्वर काठमाडौंबाट सम्पन्न भएको हो । उक्त, सभाबाट कम्पनीको हाल चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, सभाले संस्थापक शेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालकमा संस्थापक शेयरधनी दिपा अग्रवाललाई सञ्चलक समितिले गरेको नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।