काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित जारी गर्दै उक्त शेयर बिक्रीमा राखेको थियो । सो शेयरमा उनीहरूबाट तोकिएको समयभित्र कुनै आवेदन नआएकाले उक्त शेयर कम्पनीले सर्वसाधारणमा बिक्री गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया