काठमाडौं – प्रहरीले १३ लाख बराबरको नक्कली नोट र ३० केजी बराबरका २६ थान पोका अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका– ५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, जाजरकोटको कुशे– ५ खुर्पा बस्ने ३३ वर्षीया राम बहादुर सिंह, जाजरकोटको कुशे– ७ समकोट गमौडी घर भइ हाल सुर्खेतको भेरीगंगा नगरपालिका– १२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली, ऐ.ऐ.बस्ने वर्ष ३८ को प्रेम बहादुर विक र कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नं.४ घर भई हाल बाँकेको कोहलपुर नगरपालिका वडा नं.११ न्युरोड बस्ने अन्दाजी ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.१० शान्ति टोलमा दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी उक्त स्थानमा जाँदा दिलमायाको साथबाट खोटा मुद्रा १००० दरका ६ थान (छ हजार) फेला पारी उक्त रकम सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिर राज शाहीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मोहन जंग बुढथापाकाअनुसार नक्कली पैसा लिएर दिलमाया किनमेल गर्न पसल गएपछि यस अवैध कारोबारमा संलग्न गिरोहीहरुलाई पक्राउ गर्न सहज भएको थियो । जिल्ला प्रहरी कार्यालयलाई यस घटनाको बारेमा गत ३० गते नै ठकुरी किनमेल गर्न गएको पसलका सञ्चालकले उजुरी गरेका थिए । पसलवालाले एउटै नम्बर गरेको नोट अएको भन्दै पहरीको नम्बर १०० मा कल गरेका थिए । त्यस पश्चात जिल्ला प्रहरीको टोली तुरुन्त उक्त स्थान गएर हेर्दा ६ वटा एउटै नम्बर भएको नोट फेला परेको बुढथापाले बताए ।

त्यसपछि प्रहरीको टोलीले ठकुरीलाई पक्राउ गरी प्रहरी कार्यालय सुर्खेत लागिएको प्रमुख शाहीले बताए । ठकुरीलाई पक्राउ गरी सोधबुझका लागी सुर्खेत लगिएको छ भने उनको मोबाइल परिक्षण गरी कोठामा पनि खतलासी गरिएको प्रहरीले जनाएको छ । ठकुरीको कोठा खनतालासी गर्दा उनीसँगै उनका दाई राम बाहदुर सिंह पनि बस्ने गरेको खुल्न आएको थियो । उनीहरु दाई बहिनी कोठा भाडामा लिएर बस्ने गरेका थिए । उनीहरुको उक्त कोठा खनतलासी गर्दा कोठाबाट १२ लाख ३६ हजार जति नक्कली नोट फेला परेको थियो । त्यसपछि प्रहरीलाई उनीहरुको नेटवर्क ठुलो रहेको शंका लागेकाले थप अनुसान्धान गर्दै सिंहलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान गर्दा नै कृष्ण बहादुर वली, प्रेम बहादुर विकलाई फेला पारी रितपुर्वक उनीहरुको डेराकोठा तथा शरीर खानतलासी गरेको हो । सो क्रममा प्रहरीले लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ वटा ( किलोग्राम ३७२ मिलिग्राम ) फेला परेको थियो ।उनीहरु उक्त नक्कली नोट ओसारप्रसार गर्न पात्रका रुप रहेको खुल्न आएको सुचना अधिकारी बुढथापाले बताए । उनीहरुलाई प्रहरीले ३१ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधबुझ गर्न क्रममा कृष्ण बहादुर वलीले मन बहादुर सहकारीको नाम लिएका थिए ।
त्यसपछि, जिल्ला प्रहरी कार्यालयले खटाएको प्रहरीको टोलीले कोहलपुरबाट नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य गर्ने कोहलपुरमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया संचालक ( पत्रकार) सहकारीलाई पक्राउ गरेका थिए । सहकारीले संचालन गरेको मिडिया हाउस तथा उनी बस्ने घरकोठा खानतलासी गर्दा निजको कोठाबाट नेपाली ५१ थान (एक हजारका) नक्कली नोट ५१ हजार र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा (१९ के.जी. ३०० ग्राम) लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो । उनले आफ्नै प्रिन्टिङ्ग प्रेसबाट नक्कली पैसा छाप्ने गरेका थिए ।
प्रहरीले नक्कली नोट बनाउने प्रिन्टर १थान, १ थान सीपीयू, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान, कार्डरिडर र चिप्स मेमोरी १ थान र क्यामेरा १ थान बरामद गरेको हो । उनीहरुविरुद्ध आकर्षिक कसुरहरु लागूऔषध(अफिम), मुद्रा सम्बन्धि कसूर र संगठित अपराध कसूरमा मुद्दा दयार गरी थप अनुसन्धान गरिएको प्रमुख शाहीले बताए ।



About Us
प्रतिक्रिया