रिलायन्स समूहको क्याम्पा कोला भित्रियो नेपाल, चौधरी ग्रुप स्थानीय साझेदार


काठमाडौं – चौधरी समूहले भारतको रिलायन्स समूहले पुर्नजिवित गराएको ‘क्याम्पा कोला’ नेपाल भित्र्याएको छ । आधा शताब्दी लामो इतिहाँस रहेपनि बजारबाट हराइसकेको स्थितीबाट रिलायन्स समूहले पुर्नजन्म दिएको क्याम्पा कोला चौधरी समूहले नेपाल भित्र्याएको हो ।

भारतमा सन् १९७० को दशकमा उदाउन सुरु गरेको कम्पाकोला विस्तारै बजारबाट हराउन थालेको थियो । तर, पछि सन् २०२२ मा रिलायन्स समूहले किनेपछि पुनः यसको उदय सुरु भएको आँकलन विश्वबजारमा भइरहेको छ ।

क्याम्पा कोलाले भारतमा कोकाकोला र पेप्सकोलाको एकाधिकार हटाउन स्वदेशी ब्राण्डको नाम बेचिरहेको छ । खासगरी, क्याम्पाकोला भारतकै स्वदेशी ब्राण्ड पनि हो । यहीकारण, भारतकै सबैभन्दा धनी मध्यका मुकेश अम्बानीले यसलाई व्यापकरुपमा बजारमा फैलाइरहेका छन् ।

यही क्याम्पाकोलाले नेपालकै सबैभन्दा धनाड्य समूह र प्रतिष्ठि समूहमार्फत नेपाल प्रवेश गरेको हो । चौधरी समूहले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा औपचारिकरुपमा क्याम्पाकोला भित्र्याएको घोषणा गर्यो ।