काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।
अर्को व्यवस्था नभएसम्मका लागी सरकारले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथी छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेसङ्गै निलम्बित भएका हुन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ । मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ।





About Us
प्रतिक्रिया