सबैलाका इन्जिनियर र पूर्व वडाध्यक्षसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सबैला नगरपालिकाले आ।व। २०७७÷०७८ मा कृषि प्रबर्द्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको खुल्न आएको छ । 

कृषि उपकरण खरिद र किसानलाई बासमती धानको बिउ वितरण कार्यक्रममा किसानलाई धानको बिउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा धनुषा, सबैला नगरपालिकाले आ।व। २०७७्७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्नको लागि १५ लाख विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्रपत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको आयोगले जनाएको छ । 

राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतको मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं। ३, ७ र ८ मा उक्त कार्यक्रम सञ्चालन गर्न भ्याटसहित जम्मा १५ लाख मा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच मिति २०७८।०२।०५ गते सम्झौता भएको थियो । उक्त संस्थासँग सम्झौता गरे पनि सबैला नगरपालिकाबाट बयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लेखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं। ८ का तत्कालीन वडाध्यक्षले बुझेको भरपाईबाट देखिएको खुल्न आएको आयोगले बताएको छ ।  

अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस ९खसी० कसलाई वितरण गरिएको हो भन्ने स्पष्ट विवरण नभएको आयोगले जनाएको छ  । कार्यक्रम सञ्चालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको  बोका, पाठी र डाले घाँस उक्त संस्थाका सञ्चालकले आफूले मिति २०७८।०३।२० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको मिति २०८२।०१।२४ गतेको पत्र अनुसार आ।ब। २०७७।०७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिंदा उक्त रकम कार्यक्रमका लागि बोका, पाठी, च्यापकहर, डाले घाँस ९खसी० खरिद नगरी मिलेमतोमा झुट्टा विल भरपाई र गलत कागजात तयार गरी १४ लाख ७७ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको खुल्न आएको छ । 

यस कार्यमा संलग्न देहायका प्रतिवादीउपर देहाय बमोजिम सजायको मागदाबी लिई  विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।