१ करोड ३२ लाख बिगो भएका बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं रहेका छन् । उनलाई प्रहरीले  बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको हो।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।