अर्थतन्त्र लयमा फर्किदा मौद्रिक नीति खुकुलो भएको हो : कार्यकारी निर्देशक खरेल


काठमाडौं – नेपाल राष्ट्र बैंकको आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेल अर्थतन्त्र लयमा फर्किदा मौद्रिक नीति खुकुलो भएको बताएका छन् । मौद्रिक नीति पछिको पत्रकार सममलेनमा बोल्दै उनले अर्थतन्त्रका सूचक राम्रो भएका कारण मौद्रिक नीति खुकुलो ल्याउन सकेको बताएका हुन् ।

उनले मौद्रिक नीति ब्याजदर र सीप मूलक कार्य विकास हुने गरी ल्याइएको बताएका छन् । उनले सबै भन्दा बढी ब्याजदर कोरिडोरको माथिल्लो सीमालाई घटाएको बताएका हुन् ।

उनले बैंकहरु पनि लयमा फर्किएको भन्दै बैंकहरुलाई र व्यवसायलाई सहज बनाउनेगरी मौद्रिक नीति लिएको बताए । उनले ब्याजदरलाई हेरफेर गर्नुको मुख्य कारण भनेको व्यवसायीको मनोबल बढाउनु रहेको बताए ।