झण्डै १५ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिती – गभर्नर


काठमाडौं – मौद्रिक नितिले ७ महिनाको वस्तु तथा सेवा आयत धन्न प्रयाप्त हुने गरि विदेशी विनिमय सच्चिति कायम राख्ने लक्ष्य रहेकोमा २०८२ जेठ मसान्तमा १४.७ महिनाको आयात धान्ने स्थितीमा विदेशी मुद्राको सञ्चिती पुगेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले विभिन्न नीतिगत व्यवस्थाहरु परिवर्तन गरेका छन् ।