सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाम जोड


काठमाडौं – नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाम जोड दिइने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीतिको व्यवस्थामार्फत सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनामा जोड दिने घोषणा गरे । यसअघि सरकारले समेत आगामी आर्थिक वर्षको बजेटमार्फत सम्पत्ती व्यवस्थापन कम्पनी स्थापनाको परिकल्पना गरेको थियो ।

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई जोड दिँदै बैंकहरूको निष्क्रिय कर्जा कम गराउने नीति लिने भएको हो ।