‘बैंकबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन जरुरी छ’


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता थुप्रिदा ब्याजदर घट्दै गइरहेको बताएको छ ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।