निर्यात बढ्दा विदेशी विनिमय सञ्चिति बढ्यो: राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले रेमिट्यान्स, निर्यात बढ्दा विदेशी विनिमय सञ्चिति बढेको बताएको छ ।  केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।