काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति विभिन्न सामाजिक सञ्जाल मार्फत लाइभ सार्वजनिक गर्ने भएका छन् । सञ्चालक समितिबाट पारित भएपछि उनले मौद्रिक नीतिलाई सार्वजनिक गर्ने भएका हुन्। मौद्रिक नीति आज १२ः२० बाट प्रत्यक्ष प्रसारण सुरु हुने राष्ट्र बैंकले बताएको छ।
आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने राष्ट्र बैंकले जनाएको हो । साथै, मौद्रिक नीतिको कार्यक्रम नेपाल राष्ट्र बैंकको फेसबुक पेज र युट्युब चालनबाट समेत प्रसारण गरिने छ । राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष सुरु नभई असारको अन्तिम साता मौद्रिक नीति ल्याउन लागेको छ ।
योभन्दा पहिला मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने गरिएको थियो ।




About Us
प्रतिक्रिया