काठमाडौं –नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ६० करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४८ कराेड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ९ कराेड रुपैयाँ र फाइनान्समा ३ कराेड रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।
मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि आइतबार (२९ असार) राति सात बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ ।
यस्तो लगानी आउँदो साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया