११ महिनामा १६ खर्ब ८१ अर्ब बढीको अन्तर–बैंक कारोबार


काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ३,७ खर्ब १ अर्ब ४३ करोड र अन्य वित्तीय संस्थाहरूको ३५ खर्ब ९ अर्ब ५५ करोड रूपैयाँ गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।