प्रभु इन्स्योरेन्सले २९ औँ वार्षिक साधारण सभा गर्दै, बुक क्लोज कहिले ?


काठमाडौं – प्रभु इन्स्योरेन्सले आउँदो साउन २३ गते २९ औँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको ४५० औँ बैठकको निर्णयअनुसार उक्त सभा कम्पनीको  प्रभु कम्प्लेक्स तिन कुने काठमाडौँमा बिहान ११ बजे बस्ने भएको हो । 

सो सभाबाट कम्पनीको चुक्ता पुँजीको  १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले साउन २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।