काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार (असार २५ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले ४२ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति भदौ २५ गते निर्धारण भएको छ ।
यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
राष्ट्र बैंकले यसअगाडि असार १ गते ४० अर्ब रुपैयाँ, ४ गते ९० अर्ब रुपैयाँ, ८ गते ६० अर्ब रुपैयाँ, ११ गते ५० अर्ब रुपैयाँ, १५ गते ३० अर्ब रुपैयाँ, १८ गते ६० अर्ब रुपैयाँ, असार २२ गते ४५ अर्ब तरलता तानेको थियो।



About Us
प्रतिक्रिया