सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाको केही संस्थापक समूहका शेयरधनीको नाममा रहेको ८ हजार ३ सय कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । 

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने गरी उक्त शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रआवेदन दिन सक्नेछन्।

आवेदन दिनका लागि संस्थाको केन्द्रीय कार्यालय बन्दिपुर –१ डुम्रे तनहुँमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् । साथै, संस्थाले तोकेको म्यादभित्रमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।