काठमाडौं – बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिस्ट्रार परिवर्तन गरेको छ। कम्पनीले यसअघि कम्पनीको शेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरिरहेकोमा अब उक्त जिम्मेवारी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको हो।
कम्पनीको असार २० गते बसेको सञ्चालक समितिको बैठक निर्णयअनुसार हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ शेयर रजिस्ट्रारको रूपमा नियुक्त गरिएको हो।





About Us
प्रतिक्रिया