काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः नारायणबाबु लोहनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
लोहनीको नियुक्ति साउन १८ गतेबाट लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ। लोहनीले यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।





About Us
प्रतिक्रिया