काठमाडौं – सिद्धार्थ बैंकले असार २९ देखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । १० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउने छन् । यो ब्याज हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिएकोभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतसम्मको ब्याज दिँदै आएका छन् ।
ऋणपत्रमा छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
इक्रा नेपालले ऋणपत्रलाई ‘ICRA-NP BBB+’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने छ। साथै, अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण सुविधा लिन सकिने व्यवस्था पनि गरिएको छ।



About Us
प्रतिक्रिया