६ खर्ब डलर पूँजिकरण गुमेपछि कम्पनि बिभाजन गर्दै अलिबाबा 

६ खर्ब डलर पूँजिकरण गुमेपछि कम्पनि बिभाजन गर्दै अलिबाबा 


बैंकिङ समाचार, काठमाडौं ।

चीनको अनलाइन कम्पनि अलिबाबा ६ ओटा समुहमा विभाजित हुँदै छ । हरेक कम्पनि बाहिरबाट रकम जुटाउन र आईपिओ जारी गर्न सक्षम हुने बताइएको छ । यो कम्पनिको इतिहास अहिलेसम्मकै सबैभन्दा ठुलो हेरफेर हो । हरेक व्यवसायमा छुट्टाछुट्टै प्रमुख कार्यकारी अधिकारी र सञ्चालक समिती हुनेछन ।

बजारमा प्रतिस्पर्धा बढाउन र शेयर मूल्य बढाउन यो कदम चालीएको कम्पनिले एउटा विज्ञप्तिमा भनिएको छ । यो खबसँंगै अमेरिकामा अलिबाबाको शेयरमूल्य ७ प्रतिशतभन्दा धैरैले बढेको थियो । केही वर्षयता चिनियाँ नियामकहरुले कम्पनीमाथी कडाई  र कारवाही गरेर ठुलो रकम जरिवाना लगाएपछि कम्पनिले यो कदम चालेको हो ।पछिल्लो समय चीनको आर्थिक वृद्धिदर  सुस्त  भएको अवस्थामा कम्पनिको विक्री प्रभाभित भइरहेको छ भने चीन सरकारको कठोर नियमनको चपेटामा  परेर  कम्पनीले खबौँ  डलर पूँजिकरण गुमाइसकेको अबस्थामा  छ।

बितेको तीन त्रैमासमा अलिबाबालाई वृद्दिदर हासिलमै सकस भइरहेको छ । अलिबाबालाई क्लाउड इन्टेलिजेन्स गु्रप, ताओपाओ टीमिल कमर्श ग्रुप ,लोकल सर्भिसेज ग्रुप,खाइनिआहो स्मार्ट लजिस्टिक, ग्लोबल डिजिटल कमर्श ग्रुप र डिजिटल मिडिया तथा मनोरञ्जन समुहमा टुक्रा पारिनेछ । हरेक कम्पनिका सिईओ फरक हुनेछन् ।