महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं–  महालक्ष्मी विकास बैंककले बैंकको संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

 उक्त  शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुकले बैंकको केन्द्रीय  कार्यालय दरबारमार्ग काठमाडौंबाट आवेदन दिन सक्नेछन्। बैंकले शेयर संख्या भने खुलाएको छैन।